काठमाडौं — नेपाली फिल्म ‘महाराजधिराज’ मा नायिका वर्षा शिवाकोटी अनुबन्ध भएकी छन्। चलचित्र निर्माण पक्षले बिहीबार उनलाई अनुबन्ध गरेको हो। यसअघि अभिनेता आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह चलचित्रमा अनुबन्ध भइसकेका थिए। अब वर्षाको प्रवेशसँगै फिल्ममा स्टार कलाकारहरूको बलियो लाइनअप तयार भएको छ।
यस चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ। निर्देशक परिच्छेद सेनको निर्देशनमा तयार हुँदै गरेको यो चलचित्र फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याइनेछ। निर्देशक सेनकै लेखनमा बनेको चलचित्रको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए। ‘बुलाकी’ले राष्ट्रिय अवार्ड जितेको थियो। यस फिल्मका निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन्।
स्टार कलाकारहरूको उपस्थितिले चलचित्रप्रतिको दर्शकको उत्साह र अपेक्षा उच्च भएको छ।



















प्रतिक्रिया दिनुहोस्