अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिमको पहिलो अधिवेशन सम्पन्न

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 10, 2025 10-May-2025, Sat
1 Min Read
Aa
otja

धनगढी — अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले भक्त राज जोशीलाई सर्वसम्मत रूपमा प्रदेश अध्यक्षमा चयन गरेको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा प्रमुख अतिथि थिए भने संघका केन्द्रीय सदस्य तथा अधिवेशन संयोजक वीरेन्द्र धामीले सभापतित्व गरेका थिए।

अधिवेशनको औपचारिक सत्रपछि कैलालीका डीएसपी राजकुमार सिंहले पत्रकारहरूलाई लक्षित गरी साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण सत्र सञ्चालन गरेका थिए। कार्यक्रममा अनलाइन पत्रकारितामा बढ्दो साइबर चुनौती र सुरक्षाका उपायबारे छलफल गरिएको थियो।

कार्यक्रमले नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ। भक्त राज जोशी अध्यक्ष, अंकित उप्रेती वरिष्ठ उपाध्यक्ष, खेमराज जोशी उपाध्यक्ष, टीकाराम साउद महासचिव, माधव पौडेल सचिव, सरिता चन्द कोषाध्यक्षमा चयन भएका छन्। गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर सदस्यमा निर्वाचित भएका छन्।

जिल्ला संयोजकमा कञ्चनपुरका प्रकाश भट्ट र कैलालीका दीपक रावल चयन भएका छन्।

अध्यक्ष जोशीले अनलाइन पत्रकारितालाई जिम्मेवार र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै पत्रकारहरूको क्षमता अभिवृद्धि तथा साइबर सुरक्षामा जागरुकता फैलाउने बताए।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja