प्रचण्डद्वारा बुद्ध जयन्तीमा शुभकामना: “बुद्ध जयन्ती शान्तिपूर्ण विद्रोहको प्रेरणा”

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 12, 2025 12-May-2025, Mon
1 Min Read
Aa
prachanda

काठमाडौं — नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६९औं बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै बुद्ध जयन्तीलाई केवल धार्मिक उत्सव नभई यथास्थितिविरुद्धको शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी क्षण भएको बताएका छन्।

उनले बुद्धको शिक्षाले न्याय, समानता र समावेशी समाज निर्माणतर्फ प्रेरणा दिने उल्लेख गर्दै, क्रान्ति र शान्तिलाई समाज रूपान्तरणका परिपूरकका रूपमा व्याख्या गरेका छन्। साथै, उनले नेपाली समाजमा एकता कायम राख्न सांस्कृतिक विविधता र पहिचानको सम्मान आवश्यक रहेको बताए।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja