इरान र इजरायलबीच जारी द्वन्द्व थप चर्किएको छ। अमेरिकी सेनाले “Operation Midnight Hammer” अन्तर्गत इरानका तीन मुख्य आणविक स्थलहरू—फोर्दो, नताञ्ज र इस्फाहान—मा हवाई आक्रमण गरेको छ। पेन्टागनले यो कारबाहीलाई “उल्लेखनीय सफलता” भनेको छ।
यसको जवाफस्वरूप इरानले इजरायलका प्रमुख सहरहरू—तेल अवीव, हाइफा र बेर्शेभा—मा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। बेर्शेभास्थित सोरोक्का अस्पतालमा प्रहार हुँदा २०० भन्दा बढी घाइते भएका छन् । जसमा महिलाहरू, बालबालिका र स्वास्थ्यकर्मीहरू पनि रहेका छन्। उसले इजरायलका विभिन्न सहरहरूमा ४ सयभन्दा बढी मिसाइल र हजारभन्दा बढी ड्रोन प्रहार गरेको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक डाकेको छ। चीन, रुस र पाकिस्तानले तुरुन्त युद्धविरामको माग गरेका छन् भने अमेरिका र इजरायलले आफ्ना कारबाहीलाई आत्मरक्षा भनेका छन्।
इरानले भने वार्ताको ढोका खुला राख्दै भनेको छ—”इजरायलले हमला रोकेको खण्डमा मात्र वार्ता सम्भव छ।”
युद्धको जोखिम बढिरहेका बेला युरोप, अष्ट्रेलिया, टर्की लगायतका देशहरूले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्।
स्थिति अझै अस्थिर र खतरनाक बनेको छ। अन्तर्राष्ट्रिय समुदायको ध्यान अब युद्ध रोकेर वार्ताको बाटो खोल्नतर्फ केन्द्रित छ।


















प्रतिक्रिया दिनुहोस्