देशभरका प्रमुख राजमार्गहरूमा पहिरो र बाढीले अवरोध, केही पूर्णरूपमा बन्द

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 29, 2025 29-Jul-2025, Tue
1 Min Read
Aa
रोड

देशका विभिन्न भागमा निरन्तर वर्षापछि आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान १०:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै १० भन्दा बढी स्थानमा यातायात पूर्ण रूपमा बन्द भएको जनाएको छ।

पूर्ण अवरुद्ध भएका मुख्य सडकहरू:

  • संखुवासभा: कोशी राजमार्ग, भोटखोला क्षेत्र पूर्ण रूपमा अवरुद्ध।
  • रसुवा: नेपाल-चीन नाका जोड्ने पुल बाढीले बगाउँदा सम्पर्क टुट्यो।
  • सिन्धुपाल्चोक: अरनिको राजमार्गको कोदारी क्षेत्र पहिरोले अवरुद्ध।
  • गुल्मी: रिडी-वामी तथा सत्यवती क्षेत्रमा सडक बगाउँदा सवारी अवरुद्ध।
  • लमजुङ: मनाङ जाने मुख्य सडक खण्ड पूर्ण रूपमा बन्द।
  • रुकुम पश्चिम: भेरी कोरिडोर सडक बाढीले क्षति पुर्‍याएको।
  • बैतडी: दशरथ चन्द राजमार्गमा पहिरो खसेपछि पूर्ण रूपमा बन्द।

एकतर्फी सुचारु भएका सडकहरू:

काठमाडौँको टोखा-नुवाकोट सडक, बागलुङ, नवलपरासी, मुस्ताङ, तनहुँ, रोल्पा लगायत स्थानहरूमा सडक एकतर्फी रूपमा चलाइएका छन्। ट्राफिक प्रहरी कार्यालयले यात्रुलाई अत्यावश्यक नपरेसम्म पहिरो प्रभावित क्षेत्रतर्फ यात्रा नगर्न अनुरोध गरेको छ।

नेपाल प्रहरीले जनाएअनुसार सडकको अवस्था यथासम्भव छिटो सुधार गर्ने प्रयास भइरहेको छ। जानकारीको लागि प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा थप विवरण अद्यावधिक हुँदै जाने बताइएको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja