काठमाडौँमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई अब नगर प्रहरीले जरिवाना असुल्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 30, 2025 30-Jul-2025, Wed
1 Min Read
Aa
balen shah

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान नियन्त्रण गर्न नगर प्रहरीमार्फत विशेष जनचेतना अभियान सुरु गरेको छ। नयाँ आर्थिक ऐनअनुसार अब सार्वजनिक ठाउँमा धूम्रपान गर्दा रु. ५०० जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सन्देश प्रवाह गर्न नगर प्रहरीहरू बिहान ९ बजेदेखि दुई घण्टासम्म प्लेकार्ड र ब्यानरसहित सार्वजनिक स्थलमा उभिने कार्य दैनिक रूपमा भइरहेको छ। उनीहरू “सार्वजनिक स्थानमा धूम्रपान निषेध”, “स्वस्थ्य रहनुहोस्, धूम्रपान नगरौँ” जस्ता सन्देशसहित अभियानमा जुटिरहेका छन्।

नगरपालिका भित्रको चोक, पार्क, बसपार्क, सडक किनार, खुला ठाउँहरूजस्ता स्थानमा धूम्रपान बढ्दै गएको गुनासोपछि महानगरले यो कडा कदम चालेको हो। निजी सम्पत्तिबाहेक अन्य सबै स्थानमा धूम्रपान निषेध गरिएको छ।

सार्वजनिक स्वास्थ्यमाथि असर पार्ने कार्य नियन्त्रण गर्न महानगरले यो अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताएको छ। नियम उल्लंघन गरे नगर प्रहरीले तुरुन्त जरिवाना असुल गर्नेछ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja