नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि पेरिसडाँडामा सुरु भएको छ। झण्डै एक वर्षपछि बसेको बैठक पार्टीभित्र बढेको असन्तुष्टि र अन्तरविरोधका बीचमा महत्वपूर्ण मानिएको छ।
बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक अवस्था र पार्टीभित्रको असमझदारीबारे धारणा राख्नेछन्। पदाधिकारी बैठकले तय गरेका पाँच एजेन्डामध्ये संगठन सुदृढीकरण, कार्यविभाजन, समाजवादी मोर्चा विस्तार, प्राकृतिक प्रकोपबारे तयारी र केन्द्रीय समिति बैठकको मिति तोक्ने प्रस्ताव छन्।
पार्टीभित्र नेतृत्वप्रति असन्तुष्टि र वैचारिक अलमल बढ्दै गएका बेला बसेको यो बैठकले आगामी मार्ग तय गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्