उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा सहभागी हुने जनाएको छ। इमाडोलमा बसेको केन्द्रीय समिति बैठकले पार्टी संरचनालाई चुनावी तयारीमा जुट्न निर्देशन दिएको हो।
बैठकले विचार मिल्ने दलहरूसँग एकता खोज्ने र विगतमा छुट्टिएका नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेको छ। अध्यक्ष यादवले योग्यतानुसार जिम्मेवारी दिने प्रतिबद्धता जनाए।
जसपाले कांग्रेस, एमाले र माओवादी नेतृत्वका सरकारहरू सुशासन र समृद्धि दिन असफल भएको निष्कर्ष निकालेको छ। ।


















प्रतिक्रिया दिनुहोस्