मनाङमा ३ कात्तिकदेखि बेपत्ता भएका भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेलको शव २३ कात्तिकमा फेला परेको छ।
सशस्त्र प्रहरीको माउन्टेन रेस्क्यू तालिमप्राप्त टोलीले मलेरिपा गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा उनीहरूलाई आइतबार भेटेको हो।
बाबु–छोरी ग्याल्सेन–४ को ग्याल्सेन होटलबाट ३ कात्तिकमा घुम्न निस्किएपछि सम्पर्कविहीन भएका थिए। होटलबाट सूचना पाएपछि सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दै आएको थियो।


















प्रतिक्रिया दिनुहोस्