लन्डनमा अध्ययनरत नेपाली विद्यार्थी योमन चन्द सुतेकै अवस्थामा निधन भएका छन्। सल्यानका २६ वर्षीय चन्द युनिभर्सिटी अफ हर्टफोर्डसायरमा एमएस्सी अध्ययनरत थिए र भोलिपल्ट स्नातक प्रमाणपत्र लिनुपर्ने दिनमै निधन भएका हुन्।
रुममेटका अनुसार सोमबार टाउको दुखेको र वान्ता भएपछि आराम गर्न सुत्न गएका चन्द मंगलबार बिहान नउठेपछि एम्बुलेन्स बोलाइएको थियो। स्वास्थ्यकर्मीले सुगर लेभल अत्यधिक घटेको जनाउँदै उनलाई मृत घोषणा गरे।
ब्रिटिस प्रहरीले घटनालाई ‘नेचुरल डेथ’ मानेको छ। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।


















प्रतिक्रिया दिनुहोस्