नयाँ दलको भीड: जेन–जी आन्दोलनपछि २८ पार्टी दर्ता प्रक्रियामा

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 12, 2025 12-Nov-2025, Wed
1 Min Read
Aa
गठन प्रकिया

जेन–जी आन्दोलनपछि निर्वाचन आयोग नयाँ दलले भरिँदै छ। अहिले २८ दल दर्ता प्रक्रियामा, चार नयाँ दर्ता भइसकेका छन्।

सोमबार नेपाल लिबरल पार्टीका महामन्त्री डा. सुशील पौडेल आयोग पुगे। समाजवाद होइन, ‘उदारवादी पूँजीवाद’ नै मुलुकको विकल्प हो भन्दै उनले भने, “चुनाव जित्न गाह्रो छ, तर विचार जनतासम्म पुर्‍याउन सजिलो।”

त्यही बेला उज्यालो नेपाल पार्टी दर्ता प्रक्रियामा पुगेपछि कुलमान घिसिङको नाम फेरि चर्चामा। उनले भने दल खोलेका छैनन्, तर पार्टीका कागजातहरू उनको सोचसँग मेल खाने बताइन्छ।

राष्ट्रिय स्वराज पार्टी, सुन्दर नेपाल निर्माण पार्टी, हाम्रो नेपाल पार्टीदेखि आवाज पार्टीसम्म — नयाँ दलका नाममै जनताको भावना पढ्ने प्रयास। कसैको चुनाव चिह्न बाँसुरी, कसैको डोजर, कसैको लाइक चिन्ह!

राजनीतिशास्त्री डा. शुक्रराज अधिकारी भन्छन्, “नामले ध्यान त तान्छ, तर टिकाउने कुरा व्यवहार र काम हो।”

नेपालको राजनीति फेरि एकपटक नयाँ नाम, नयाँ सपना र पुरानै चुनौतीका चक्रमा घुम्दैछ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja