राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा आइतबार दिउँसो १ बजे बस्ने बैठकमा संगठन विस्तार र आन्तरिक सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा पार्टी संरचना समायोजन, विस्तारका नयाँ मोडेल र आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल हुनेछ। यसका लागि केन्द्रीय समितिका सबै सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
पार्टीभित्र पछिल्लो समय भएका एकता र समायोजनसम्बन्धी निर्णयपछि रास्वपाको यो पहिलो केन्द्रीय समिति बैठक हो। बैठकबाट संगठनलाई थप व्यवस्थित बनाउने र राजनीतिक गतिविधिलाई गति दिने निर्णय हुने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया दिनुहोस्