नियन्त्रणमा लिइएका मादुरो आज न्यूयोर्कको संघीय अदालतमा उपस्थित हुँदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 5, 2026 05-Jan-2026, Mon
1 Min Read
Aa
Nikolus Maduro

भेनेजुएलाबाट नियन्त्रणमा लिइएका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार दिउँसो न्यूयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यससँगै अमेरिकामा मादुरोविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ।

मादुरो र उनकी पत्नीलाई पहिलो पटक अमेरिकी न्यायाधीशसामु पेश गर्न लागिएको हो। अमेरिकी समयअनुसार सोमबार दिउँसो १२ बजे सुरु हुने प्रारम्भिक सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका अभियोगहरू पढेर सुनाउनेछन्।

यद्यपि यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य मानिए पनि यसले वर्षौँसम्म चल्न सक्ने जटिल कानुनी लडाइँको ढोका खोल्ने अनुमान गरिएको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja