रास्वपाको ऐतिहासिक बहुमत, प्रतिनिधिसभामा १८२ सिट झन्डै २ तिहाइ बहुमत

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 11, 2026 11-Mar-2026, Wed
2 Min Read
Aa
rabi balen

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि नेपालको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखिएको छ। नयाँ परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा सबैभन्दा ठूलो शक्ति बनेको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट गरी रास्वपाले कुल १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार समानुपातिकतर्फ रास्वपाका ५७ सांसद, नेपाली कांग्रेस का २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का १६, नेपाल कम्युनिस्ट पार्टी का , श्रम संस्कृति पार्टी का र राष्ट्रिय प्रजातन्त्र पार्टी का ४ सांसद संसदमा थपिने भएका छन्।

प्रत्यक्ष र समानुपातिक गरी कुल २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका , राप्रपाका तथा १ स्वतन्त्र सांसद रहने निश्चित भएको छ।

गत निर्वाचनमा रास्वपाका जम्मा २१ सांसद मात्र रहेका थिए। तर यसपटक मतदाताले व्यापक समर्थन दिएपछि रास्वपा संसदको निर्णायक शक्तिका रूपमा उदाएको छ।

यसैबीच, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पहिलो पटक प्रतिनिधि सभामा ७ सिट जित्दै राष्ट्रिय राजनीतिमा उल्लेखनीय उपस्थिति जनाएको छ।

अर्कोतर्फ, अघिल्लो निर्वाचनमा प्रभाव देखाएका जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा जस्ता दलहरूले यसपटक राष्ट्रिय पार्टीको हैसियत बनाउन नसकेको जनाइएको छ।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुल ६७ वटा राजनीतिक दल सहभागी भएका थिए। परिणामले नयाँ राजनीतिक शक्तिको उदय र पुराना दलप्रति मतदाताको असन्तुष्टि स्पष्ट देखाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja