बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 29, 2022 29-Apr-2022, Fri
1 Min Read
Aa

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ ।बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेकले समर्थन गरेका छन् ।

यो सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् ।त्यस्तै राप्रपाले केही वडा सदस्य पनि पाएको छ । बागलुङ नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर २, ३, ४, ७, ११, १२ र १३ नम्बर वडामा एक एक वडा सदस्य राप्रपाले पाएको छ । अन्य पदम भने राप्रपाले एमाले उम्मेदवारलाई सहयोग गर्ने नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताए ।

उनका अनुसार जिल्लाका अरु स्थानीय तहमा पनि मिलेर निर्वाचनमा जाने सहमति राप्रपासँग भएको छ ।बागलुङका अरु ९ स्थानीय तहमा स्थानीय समझदारीको आधारमा एक अर्कालाई सहयोग गरेर जाने सहमति भएको वार्ता टोलीका सदस्य तथा राप्रपाका सदस्य शैलेन्द्र कुमार श्रेष्ठले बताए ।साभार उज्यालो अनलाईन

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja