चितवनमा एक जना कांग्रेस कार्यकर्ताको हत्या

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 9, 2022 09-May-2022, Mon
1 Min Read
Aa

काठमाडौं । चितवनको भरतपुरमा हत्या गरिएका युवा नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि रहेको खुलेको छ ।आइतबार साँझ कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धारिलो हतियार प्रहारगरि अनिल परियारको हत्या गरिएकाे थियो। उनको शरीरका विभिन्न ठाउँमा छुरी प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आज (साेमबार) प्रेस विज्ञप्ति जारी गर्दै हत्या गरिएका परियार कांग्रेस कार्यकर्ता नै भएको जानकारी दिनुभएको हो ।साभार ईमेज खबर

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja