१९ वर्षीय रून्टीगढी गाउँपालिका वडा नम्बर ५ छिन्नेटाकी कृष्णी कामी रोल्पाको एक होस्टेलमामृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालीम लिइरहेकी थिइन् ।
तालीम लिने कार्यालयको होस्टेल कोठामा उनी मंगलबार मृत अवस्थामा फेला परेको र युवती मृत फेला परेको कोठामा एउटा सर्प पनि भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताएका छन् ।उनको हातमा सर्पले डसेकोजस्तो घाउ देखिने र सर्पदंशबाट उनको मृत्यु भएको प्रहरीको अनुमान छ।

















प्रतिक्रिया दिनुहोस्