काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गरे आनुसार साउन १ गतेदेखि स्रोतमा नै फोहोर कुहिने र नकुहिने फोहोर छुट्याउने गर्न महानगरवासीलाई अनुरोध गरेको छ ।
उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादन कर्ताको नै भएको भन्दै महानगरपालिकाले पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न आउने दिन जैविक (कुहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराएको छ ।
स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने भन्दै महानगरपालिकाले नियमअनुसार नगरे प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने स्पष्ट गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्