विश्वमा पहिलो पटक एक महिलाको पेटमा १३ वटा बच्चा !

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 27, 2022 27-Jun-2022, Mon
1 Min Read
Aa
pregnant women having 13 babies

विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा अमेरिकाकी नादया सुलेमान छिन्, जसले सन् २००९ मा एकै गर्भबाट ८ वटा बच्चा जन्माएकी थिइन् ।

यसको अर्थ विश्वमा हालसम्म कुनैपनि महिलाले एउटा गर्भबाट ८ भन्दा बढी बच्चा जन्माएको छैन । तर अब यो रेकर्ड मेक्सिकोकी एक महिलाले भंग गर्नेवाला छिन् । यदि डाक्टरहरुको कुरा पत्याउने हो भने ती महिलाको गर्भमा अहिले एकसाथ १३ वटा बच्चा हुर्किरहेका छन् ।मेक्सिकोको इक्सटापलूकामा बस्ने मारित्जा हर्नान्डेज मेन्डेज नामक ती महिलाले यसअघि नै ६ वटा बच्चा जन्माइसकेकी छिन् । ६ बच्चामध्ये दुईवटा जुम्ल्याहा, तीन वटा तिम्ल्याहा हुन् भने एउटा बच्चामात्र एक्लै जन्मिएको हो ।

जुम्ल्याहा र तिम्ल्याहासमेत जन्माइसकेकी मारित्जा फेरि आमा बन्न लागेकी छिन् । यो पटक त उनले इतिहास नै रच्दैछिन् । उनको चेकजाँचका क्रममा पेटमा १३ वटा बच्चा हुर्किरहेको तथ्य डाक्टरहरुले पत्ता लगाएपछि सबै परिवारजन मात्र होइन डाक्टरहरू पनि तीनछक परेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja