बिराटनगरको सिंघिया खोला बस्तीमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 28, 2022 28-Jun-2022, Tue
1 Min Read
Aa
singiya khola biratnagar

विराटनगरमा अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।

मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघिया खोलाको बाढीका कारण खोला किनारमा बसोबाश २५ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।

सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । त्यहाँको स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छोएपछि स्थानीयबासिन्दाले अन्यत्र सर्ने तयारी गरिरहेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja