श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे लुकेर बसेको आवस्थामा जनताले घर र कार्यालय घेराबन्दी गरेपछी उनि देश छोडेर भागेका हुन् । गुप्त सूचना आनुसार गत राति ७३ बर्सिय राजापाक्षे सैन्य बिमान मार्फत उनको श्रीमती र दुईजना सुरक्क्षा कर्मी सहित भागेका हुन् ।
राजापाक्षे संगै उनको भाई पूर्व आर्थमन्त्रिले पनि देश छोडेर अमेरिका तर्फा जादै गरेको बिबिसिद्वारा जान्कारी प्राप्त भएको छ ।
बिबीसीका जानकार आनुसार गोटाबाया माल्दिभ्सको राजधानी माले त्यहाँको समय अनुसार करिब ३ बजे पुगेको र गुप्त सूचना आनुसार उनि त्यहाँ बाट तेस्रो देशतर्फ जाने भएको जानकारी प्राप्त भएको छ ।
राजापाक्षेको कुसासन र परिवारको सत्ता महत्वाकांक्षाका कारण मुलुकको आर्थिक टाट पल्टेपछी त्यहाँका जनताहरु सरकारबाट रुस्ट भएका हुन् र सरकार बिरुद्द सडकमा उत्रेका हुन् ।
लामो समय देखि त्यहाँका जनताले बिजुली बत्ति लगायत दैनिक उपभोगका सामानहरु र औषधि आपूर्तिमा आभाव खेप्दै आएका थिए ।
श्रीलंकामा आहिलेको यस अवस्थामा आउनुको मुख्य कारण राजापाक्षे परिवारको हो भन्दै त्यहाँका जनताहरु उनि प्रति रुस्ट र आक्रोसित भएका छन् र राजापाक्षेलाई राजिनामा दिन त्यहाका जनताले माग गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्