जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहिमा आवस्थित भित्रि खोला जलविधुत आयोजनाको पावर हाउस भाँसिदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो। ऊक्त घटना रातिको करिब २ बजे भएको हो।
मृत्यु हुनेमा पावर हाउसकै चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय बिमला रावत र दुइ छोरा ९ वर्षीय भरत र ८ वर्षीय सुर्य रावत रहेका छन्
प्रहरी चौकी बड्किका रामप्रसाद चौंलागाईको कमाण्डमा प्रहरी रातिनै घटना स्थलमा पुगेको र प्रहरीको जानकारी अनुसार उनीहरु आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए। शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्