रिपोर्टिङ गर्न जाँदा पत्रकार बिरुद्ध म्यन्पावर कम्पनीले उल्टै झुटो मुद्दा लगाए

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 19, 2022 19-Jul-2022, Tue
1 Min Read
Aa
पत्रकार कुसल खत्री

पत्रकार कुसल खत्री बिरुद्ध म्यन्पावर कम्पनीले माहाराजगंज प्रहरी कार्यालयमा झुटो मुद्दा दर्ता गरेको पाईएको छ। त्यस कम्पनिले नेपाली युवाहरुलाई ठगी बिदेशमा अलपत्र पारेको कुरासमेत स्रोतमार्फत बाहिर आएको छ।

पत्रकर बिरुद्ध प्रहरीले उजुरी दर्ता गर्न नमिले पनी महाराजगंज स्थित् प्रहरी कार्यालयमा म्यन्पावर कम्पनीका संचालक युवराज गुरुङले खत्री बिरुद्ध अभद्र व्यवहार गरेको भनि झुटो मुद्दा दर्ता गरेको पाईएको छ। यस बिषयमा भने प्रहरी कार्यलय महाराजगंज डिएसपी प्रवेश बिष्टले झुटो बोल्दै पत्रकार बिरुद्ध कुनै उजुरी नपरेको बताए।

त्यस कम्पनीबाट ठगिएका युवाहरुले ठगिको बिषयमा बैदेशिक रोजगार बिभाग, प्रहरी कार्यालय महाराजगंज लगायतका ठाउँहरुमा उजुरी गर्दा नभए पछी खत्री सामु आएका हुन्।

खत्रीले त्यस बिसयमा पिडितहरुको गुनासो सहितको पर्याप्त प्रमाणका आधारमा रिपोर्टिङ गर्दा उनि माथिनै झुटो आरोपमा मुद्दा लागेको कुरा खत्रीले बताए। यस बिसयमा प्रहरीले रिपोर्टिङ गरेकै आधारमा दुख दिन खोजे प्रहरी बिरुद्ध पनि कडा रुपमा आन्दोलनमा उत्रिने खत्रिले बताए।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja