सरकारद्वारा सन् २०२३ – २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 24, 2022 24-Jul-2022, Sun
1 Min Read
Aa
संस्कृति , पर्यटन र नागरिक उड्डयन मन्त्रालय

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनर्स्थापना कार्य योजना सार्बजनिक गर्दै सन् २०२३ – २०३३ लाई नेपाल भ्रमण दशक योजना घोषणा गरेको हो । मन्त्रालयले यस्तो घोषणा आगामी ३ महिना भित्रमा घोषणा गरिसक्ने गरि समय तोकेको छ ।

मन्त्रालयले जानकारी दिए अनुसार रात्रीकालिन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौँ , पाटन , भक्तपुर र कीर्तिपुरमा रात्रीकालिन सम्पदा यात्रा आगामी २ बर्ष भित्र संचालनमा ल्याउने योजना छ ।

मन्त्रालयले कार्ययोजना सार्वजनिक गरे अनुसार प्रयोगमा न आएका विमानस्थललाई बैकल्पिक प्रयोगमा ल्याउने घोषणा समेत गरेको छ । त्यस्तै काठमाडौँमा ‘ hip on hop off city bus ‘ आगामी ३ महिना भित्र संचालनमा ल्याउने घोषणा समेत गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja