सर्बसाधारणलाई ठगि गरेको आरोपमा बुटवलको कल सेन्टरमा प्रहरीको छापा,१५० भन्दा बडी युवायुवती पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 24, 2022 24-Jul-2022, Sun
1 Min Read
Aa
call center got in raid

रुपन्देहीको तिलोत्तमा नगरपालिका वा. नं २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर १ जना भारतीय र ६ जना नेपाली संचालक सहित १५० भन्दा बडी युबयुबतीलाई सर्बसाधरणलाई ब्लाकमेलिंग गरेको आरोपमा पक्राउ गरेका छन् ।

प्रहरीले जानकारी दिए अनुसार ४ तलाको घरमा ३ वटा फ्ल्याट भाडामा लिएर करिब ३०० कम्प्युटर र १५० जनाभन्दा बडी युवायुवतीलाई राखी सर्बसाधारणलाई म्यासेज पठाई फसाएको प्रहरी अनुसन्धानबाट पता लाएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान गर्न थालिएको छ ।

जानकारी अनुसार उनीहरुले चिनिया एप्लिकेसनकाे प्रयोग गरि सर्बसधणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja