बालकुमारी ललितपुरमा आज बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 25, 2022 25-Jul-2022, Mon
1 Min Read
Aa
आग्लागी

आज बिहान करिब ३ बजे तिर ग्वार्को देखि कोटेश्वरतर्फ तर्फा जादै गरेको एक बा ४५ प २३४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको जिपले ठक्कर दिएको थियो । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

प्रहरीले जानकारी दिए अनुसार दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेलमा बस्ने २३ बर्षीय रेखा मगरको मृत्यु भएको छ । उनि गमभिर घाईते भएको कारण उनको ग्वार्कोको बि एड बी अस्पतालमा मृत्यु भएको हो ।

उक्त स्कुटर पछाडी सवार ललितपुर धोबिघट बस्ने २३ बर्षीय घाईते सकुन्तला घर्तीको भने बि एड बी अस्पतालमा नै उपचार जारी छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja