राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेट जादा खोटाङ जिल्लाको साकेला गाउँपालिका ५ मात्तिम विर्तालाई केन्द्रबिन्दु बनाएर ६ म्यग्निटीउडको भुकम्प गएको हो ।
भुकम्प मापन केन्द्रका अनुसार २०७२ बैसाख १२ गतेको विनाशकारी भुकम्प पछाडिको यो हालसम्मकै ठुलो भुकम्प गएको हो ।
जिल्ला प्रहरी र गाउँपालिकाकी उपाध्यक्ष विरसिका राईले बताए अनुसार गाउँपालिका भित्र क्षेती नभएको जनाए । अहिले सम्म केहि बिबरण नआए पनि क्षति पुगे/नपुगेकोबारे बुझ्ने क्रमजारी भएको जिल्ला प्रहरी प्रमुखले जनाए ।
भुकम्पका कारण छिमेकी जिल्ला भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारमा भने एउटा घर चर्किएको छ ।


















प्रतिक्रिया दिनुहोस्