पहिरोले म्याग्दी जिल्लामा घर बगाइलग्दा २ जनाको मृत्यु, ३ बेपत्ता

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 2, 2022 02-Aug-2022, Tue
1 Min Read
Aa
पहिरो
Cartoon Color Home Building and Landslide Danger Concept Flat Design Style. Vector illustration of Natural Disaster

मंगलबार बिहान म्याग्दी जिल्लाको मालिका गाउँपालिका-२ रुमको तामिङमा पहीरोले घर बगाउदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए अनुसार गाउँपालिका देखि करिब ३ घण्टाको पैदल यात्रा गरी मात्र घटनास्थल सम्म पुग्न सकिने बताएका छन् ।

स्थानीयबासि र वडा सदस्य समबहादुर विकका अनुसार मृत्यु हुनेमा गोठे विकका छोरा राजन र नवीन हुन् र अरु बेपत्ता हुनेहरुको खोजि कार्य जारी रहेको जानकारी दिए ।

जानकारी अनुसार थप मदतको लागि सुरक्ष्याकर्मी पनि घटनास्थल तिर हीडेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja