कतारमा हुने २०२२को फुटबल विश्वोकप नोभेम्बेर २० देखि हुने सार्वजनिक भएको छ । उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसंग अल बायत स्टेडीयममा खेल खेल्ने छ । यस अघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो ।
जसमा आयोजक कतारले इक्वेडरसँग तेस्रो खेल खेल्नु पर्ने थियो भने उद्घाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय भएको थियो ।
फिफाको चलन अनुसार आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको हुनाले विश्वकप एक दिन अगाडि सारिएको हो । नोभेम्बेर २० देखि सुरु हुने विश्वोकाप १८ डिसेम्बरमा फाइनल हुने तय भएको छ ।


















प्रतिक्रिया दिनुहोस्