नेपालमा पछिल्लो २४ घन्टामा ७८१ जनामा कोरोना संक्रमण थपिए

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 12, 2022 12-Aug-2022, Fri
1 Min Read
Aa
कोरोना

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घन्टामा  ४ हजार ७१२ जनामा गरिएको कोरोना नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस संगै २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५७७५ पुगेको छ र यसै समयमा ५११ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो कोरोना उपडेट संगै मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja