केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए अनुसार अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहकार्य गरेर प्रहरीले १६ वर्ष अघि (२ साउन २०६३) मा कोटेश्वरमा कुटपिट र धारिलो हतियार प्रहार गरी भएको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले कतारबाट पक्राउ गरेर काठमाडौँमा ल्याएको छ ।
घटनामा संलग्न रही फरार रहेका दोलखा बैतेश्वर गाउँपालिका–२, टारका ३६ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको हो डीआईजी टेकप्रसाद राईले बताए । मंगलबार काठमाडौं ल्याएर उनलाई अपराध अनुसन्धान कार्यालय बुझाइएको छ ।
उनका अनुसार मगर वैदेशिक रोजगारीका क्रममा कतारमा गएर लुकेर बसेको खुलेपछि इन्टरपोलमा रेड नोटिस जारी गरि त्यसको आधारमा मगरलाई कतारले डिपोर्ट गरेको थियो ।


















प्रतिक्रिया दिनुहोस्