काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले १० सरकारी कार्यालयहरुलाई कर बुझाउन भनि पत्र पठाएका छन् । जानकारी अनुसार उनले १० दिनको समय दिएका छन् ।
उक्त पत्रमा उनले आ-आफ्नो वडा कार्यालयमा गइ बुझाउनु पर्ने कर तथा जरिवाना १० भित्रमा बुझाउनु पर्ने बताएका छन् । कर नबुझाएमा कानुनिरुपमा कर असुल गरिने चेतावनी समेत दिएका छन् ।
पत्र काटिएका कार्यालयहरु नेपाल आर्मी केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालय, शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद् रहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्