सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी बेलायतकि महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको निधन भएको सूचना बकिंघम प्यालेसको मुख्य ढोकामा रखिएको छ ।
उक्त सूचना अनुसार उनको निधन बिहिबार अपरान्ह स्कटल्याण्डको बालमोरल क्यासलमा भएको बताइएको छ । बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन ।
उनले सन् १९५२मा राजगद्दी सम्हालेकी थिइन् । उनको निधन पछि उनका जेठ छोरा चार्ल्स तृतीयले राजगद्दी सम्हाल्ने भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्