नेपाल टेलिकमले आफ्नो ग्राहकको सुविधाको लागि नि:शुल्क ई-सिम वितरण गर्न थाल्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 16, 2022 16-Sep-2022, Fri
1 Min Read
Aa
इ-सिम

नेपाल टेलिकमले आफ्नो ग्राहकको सेवा अनि सुविधामा थप नया प्रविधि लिएर आएको छ । टेलिकमले ग्राहकहरुलाई आजदेखि निसुल्क ई-सिम वितरण गर्न थालेको हो ।

जानकारी अनुसार ई-सिम चल्ने मोबाइल सेट भएका ग्राहकहरुलाई टेलिकमले आज सुक्रबार देखि नि:शुल्क ई-सिम वितरण गर्न थालेको छ ।

उक्त ई-सिम हाल दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट लिन सकिन्छ । टेलिकमले जानकारी दिए अनुसार कम्पनीका पोस्टपेड र प्रिपेडसिम प्रयोग गर्ने ग्राहकहरुले भने नि:शुल्क ई-सिममा परिवर्तन गर्न सक्ने छन् ।

नयाँ प्रिपेड ग्राहकले भने हालको बिक्रि मूल्य तिरी ई-सिम लिन सकिने जानकारी टेलिकमले दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja