डा.गोविन्द केसीले गत सोमवारदेखि अनसन सुरु गरेका हुन् र आज सरकारले उनिसंग वार्ता गर्दै छ । उनि यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर अनसनमा बसेका हुन् ।
डा.केसीसँग वार्ताका लागि सरकारले शुक्रबारनै वार्ताका लागि टोली गठन गरेको थियो तर शनिबार वार्ताका लागि समय तोकिएको भए पनि शिक्षा सचिव सहभागी नहुने भए पछि आइतबारकालागि वार्ताको समय तोकिएको डा.केसीका सहयोगी डा.अमृत जैसीले बताए ।
डा.जैसीले सरकार र अनसनरत डा.केसी पक्षबीच आइतबार बिहान वार्ताका लागि समय तोकिएको बताएका छन् । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा बस्नेछ । सातौँ दिनसम्मको अनसनका कारण डा.केसीको स्वास्थ्यमा भने केहि समस्या आउन थालेको छ ।


















प्रतिक्रिया दिनुहोस्