मनास्लुमा हिमपहिरोको कारण १२ जना घाइते

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 26, 2022 26-Sep-2022, Mon
1 Min Read
Aa
मनास्लुमा हिमपहिरो

मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोका कारण १२ जना घाइते भएका छन् । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले जानकारी दिए अनुसार घाएतय मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अन्य समन्य घाएतय भएको बताए ।

उनको अनुसार बिहान करिब ८ बजे तिर मनास्लु हिमालको तेस्रो र चौथो आधार शिविरको बीचमा हिमपहिरो गएको हो । हिमपहिरोमा परेकाहरुको मौसमको कारण उद्दारमा समस्य आएको जानकारी प्राप्त भएको छ ।

उद्दारका लागि काठमाडौँबात तीनवटा हेलिकप्टर पठाएको जानकारी प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja