स्पेनिस फुटबल क्लब रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले २०२२को बालोन डि’ओर अवार्ड जितेका छन् । सन् १९९८ देखि यता बालोन डि’ओर अवार्ड जित्ने उनि पहिलो फ्रान्सेली खेलाडी पनि हुन् ।
उनले गत २०२१-२२ सिजनमा रियल मड्रिडका लागि ४६ खेलमा ४४ गोल गर्दै च्याम्पियन्स लिग र लालिगा जिताउन सफल भएका थिए ।
यस पटक बलोन डि’ओरका शिर्ष तिन खेलाडी बायर्न मुनिकका साडियो माने दोश्रो र म्यानचेस्टर सिटिका केभिन डीब्रुयेन तेस्रो स्थानमा रहे ।
पछिल्लो १३ सिजनमा १२ बालोन डि’ओर अवार्ड मेस्सीले (७) पटक र क्रिस्टियानो रोनाल्डोले (५) पटक जितेका छन् ।
साथसाथै महिलामा बार्सिलोना एलेक्सिया पुटेलासले महिला बालोन डि’ओर अवार्ड जितेकी छिन् ।


















प्रतिक्रिया दिनुहोस्