आयोगले बाजा गाजा सहित भोट नमाग्न निर्देशन

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 20, 2022 20-Oct-2022, Thu
1 Min Read
Aa
निर्वाचन आयोग

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बाजागाजा सहित भोट नमाग्न निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

आयोगले जानकारी दिए अनुसार निर्वाचनको प्रचार प्रशारको लागि कुनैपनि राजनीतिक दल, उमेद्द्वरले बिहान ७ बजे देखि साझको ७ बजे सम्म मात्र जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाउने र त्यस्ता कार्य गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनुपर्ने छ ।

त्यस्तै उमेदवारले घरदैलो जादा पच्चिस जन भन्दा बडी जुलुस लेर जान नपाउने आयोगको भनाई छ । साथसाथै बाजागाजाको प्रयोग गर्न नहुने र त्यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आयोगले निर्देशन दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja