कतारमा जारि फिफा विश्वकप २०२२ अन्तर्गत भोलि देखि क्वाटरफाइनलको खेल सुरुहुने छ । क्वाटरफाइनलको पहिलो खेल क्रोएसिया र ब्राजिल बीच नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुने छ ।
भोलिनै हुने क्वाटरफाइनलको दोस्रो खेल नेदरल्याण्ड र अर्जेन्टिना बीच राति १२:४५ बजे सुरु हुने छ ।त्यस्तै क्वाटरफाइनलको तेस्रो खेल मोरोक्को र पोर्चुगल बीच शनिबार राति ८:४५ बजे सुरु हुने छ भने क्वाटरफाइनालको अन्तिम खेल इंग्ल्याण्ड र फ्रान्सबीच शनिबार रातिनै १२:४५ बजे सुरु हुने छ ।
पहिलो दुइ क्वाटरफाइनल खेलका विजेता मंगसिर १४ गते राति १२:४५ बजे सेमिफाइनलमा भेट हुने छन्, भने दोस्रो दुइ खेलका विजेता बिहिबार राति १२:४५ बजे सेमिफाइनलमा भेट हुने छन् । फाइनल खेल भने पुष ३ गते आइतबार राति ८:४५ बजे सुरु हुने छ ।


















प्रतिक्रिया दिनुहोस्