ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनले २१ वर्षको करियरमा १,३६३ खेलमा विश्व कीर्तिमान १,२८१ गोल गर्ने, जसमा आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए । राष्ट्रपति जैर बोल्सोनारोले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
पेले पछिल्लो समय मिर्गौला र प्रोस्टेट समस्याबाट पीडित थिए । नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको पेटबाट ट्युमर हटाउन शल्यक्रिया गरिएको थियो । नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो ।
उनकी छोरी केली नासिमेन्टोले अस्पतालबाट नियमित सामाजिक सञ्जालमार्फत आफ्ना बुबाको अवस्थाबारे प्रशंसकहरूलाई अपडेट राखिरहेकी थिइन् ।
बिहीबार उनले अस्पतालमा पेलेको शरीरमा उनको परिवारको हात रहेको देखाएको तस्बिर पोस्ट गरे र लेखिन्: “Everything we are is thanks to you. We love you infinitely. Rest in peace.”


















प्रतिक्रिया दिनुहोस्