नामिबिया विरुद्धको क्रिकेट खेलमा फर्किने बित्तिकै विकेट लिएपछि भावुक बने सन्दीप लामिछाने । नामिबियाविरुद्ध त्रिवि मैदानमा विकेट लिएपछि सन्दीप लामिछाने मैदानमै आँसु पुछ्दै देखिएका थिए ।
सन्दीप लामिछाने नामिबियाविरुद्धको CWC लिग २ त्रिकोणात्मक सिरिजको उद्घाटन खेलका लागि नेपालको प्लेइङ ११ मा परेका छन् ।
नेपालका चर्चित क्रिकेटर लमिछानेलाई यौन दुव्र्यवहार लागे पनि उनि हाल धरौटीमा छुटेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीमाथिको निलम्बन फुकुवा गरी शृंखला अगाडिको प्रशिक्षण शिविरमा सामेल गरेपछि उनको अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन सुरु भएको थियो ।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की, सूर्य तामाङ ।


















प्रतिक्रिया दिनुहोस्