आठ वर्ष पछि नेपाल आईसीसी यू–१९ क्रिकेट विश्वकपमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 3, 2023 03-Mar-2023, Fri
2 Min Read
Aa
nepal u-19 cricket team

नेपाली क्रिकेट टोली सन् २०२४ मा श्रीलंकामा हुने आईसीसी यू–१९ क्रिकेट विश्वकप खेल्न छनोट भएको छ ।

बिहीबार भएको छनोट खेलमा युएईलाई पराजित गर्दै नेपाली टोलीले विगत आठ वर्षयता यु–१९ विश्वकप खेल्ने बाटो खुला गरेको हो । यसअघि यू–१९ विश्वकप छनोटमा नेपाली टोलीको मुख्य बाधक यूएईको टोली थियो । यसअघि तीन संस्करणमा नेपाली टोली युएईसँग पराजित भएको थियो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले युएईलाई ७ रनले पराजित गरेको छ । विपक्षी टोलीको घरेलु मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको युएईविरुद्ध ४८.५ ओभरमा १९१ रन बनाएको थियो । जवाफमा युएईले ४८ ओभर खेल्दै १८४ रन मात्र जोडेको थियो ।

नेपाली बलर दिपेश कँडेलले खेलमा नाटकीय ट्विस्ट दिएर नेपाली टोलीलाई जित दिलाए । कँडेलले युएईलाई हराउन ह्याट्रिक विकेट लिए ।

तर, युएईले ४७ औं ओभरसम्म नेपाललाई दबाबमा राख्यो । नेपालले दिएको लक्ष्य पूरा गर्न अन्तिम तीन ओभरमा युएईलाई ११ रन आवश्यक थियो । ४८ औं ओभरका लागि तोकिएका बलर कँडेलले तीन बलमा तीन रन खर्चे । तर ४८ औं ओभरको अन्तिम तीन बलमा कँडेलले युएईका लगातार तीन विकेट लिए ।

कँडेलले युएईका ब्याट्सम्यान हर्षित सेठलाई ४७.४ ओभरमा बोल्ड गरे । उनको बलिङमा निम्न ब्याट्सम्यान हरित शेट्टीलाई नेपाली क्रिकेट टिमका कप्तान देव खनालले क्याच आउट गरेका थिए । त्यसैगरी ४८ औं ओभरको अन्तिम बलमा कँडेलले युएईका ब्याट्सम्यान मोनिष गजेश्वरनलाई बोल्ड आउट गरे ।

खनालले ८४ बलमा ५१ रनको योगदान पुर्याए जुन नेपालका लागि सर्वाधिक हो । विशाल विक्रम केसीले ३८ र उत्तम रघु थापा मगरले ३६ रन बनाए । कँडेलले १५ रन ब्याटिङ गरे ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja