महिला पाइलट जोडीले आज दोस्रो उडान भर्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 8, 2023 08-Mar-2023, Wed
1 Min Read
Aa
महिला विमान चालक

नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक नेपाल वायुसेवा निगमका दुई महिला पाइलटले अन्तराष्ट्री उडान गरेका छन् ।

निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए अनुसार पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले शनिबार राति काठमाडौँबाट दुबईको उडान भरेका थिए ।

त्रिभुवन विमानस्थलबाट उक्त महिला पाइलट जोडीले निगमको एयरबस ए-३२० विमानमा उडान भरेका थिए । थप जानकारी अनुसार उक्त जोडीले महिला दिवसको अवसर पारि आज बुधबार दोस्रो उडान स्वदेश फर्कनेछन् ।

जानकारी अनुसार उनीहरुको उडानमा क्याबिन क्रिउमा सबै महिला टोलि हुने छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja