एनएसी र हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 24, 2023 24-Mar-2023, Fri
1 Min Read
Aa
गौतम बुद्ध अन्तरास्ट्रिय विमानस्थल

नेपाल वायुसेवा निगम (एनएसी) र हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि गृहकार्य थालेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुवै कम्पनीलाई भैरहवामा आफ्नो बेस राख्न र नियमित उडान सञ्चालन गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । जिबिआइबाट नियमित उडान सुरु गर्न दुवै कम्पनीले गृहकार्य थालिसकेका उनले बताए ।

‘उडानको शैलीसहितका कागजात बुझाउन निर्देशन दिएका छौं,’ निरौलाले भने, ‘स्लटका लागि दुवै कम्पनी प्रक्रियामा आउन बाँकी छ ।

हिमालय एयरलाइन्सले तीन महिनाअघि नियमित उडान सुरु गरेको थियो भने निगमले उडान योजना अगाडि बढाएको थियो । तर, प्रतिकूल मौसमका कारण हिमालय एयरलाइन्सले नियमित उडान स्थगित गरेको छ ।

त्यसैगरी, गत जेठदेखि नियमित व्यावसायिक उडान गर्दै आएको जजिरा एयरवेजले अहिले सातामा तीन उडान गरिरहेको छ । यो विमानस्थल करिब एक वर्षदेखि सञ्चालनमा आएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja