कर्णाली प्रदेश सरकारले वार्षिक रामनवमी पर्वको अवसरमा भोलि प्रदेशका १० वटै जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले सबै सरकारी तथा सार्वजनिक संस्थालाई बिदा दिने बताए ।
हालै प्रदेश सरकारले यस्तो निर्णय गरेको उनको भनाइ छ । रामनवमी पर्व रामायणको हिन्दू मिथकका नायक रामको जन्मको सम्झनामा मनाइन्छ ।
संघीय सरकारले प्रत्येक वर्ष ६ दिनसम्म सार्वजनिक बिदा दिने अधिकार प्रदेश सरकारलाई दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्