वर्ष खेलाडीको अवार्ड अन्जिला तुम्बापो सुब्बाले जितेकी छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 4, 2023 04-Apr-2023, Tue
1 Min Read
Aa
अन्जिला तुम्बापो सुब्बा

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बा सोमबार काठमाडौंमा आयोजित १७औँ एनएनआईपीए स्पोर्ट्स अवार्डमा पुरुष तथा महिला विधामा एनएनआईपी वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले आयोजना गरेको अवार्ड समारोहमा उनीहरु दुवैलाई जनही एक–एक लाख नगदसहित पुरस्कृत गरिएको हो ।

करातेका चञ्चला दुनुवार र गल्फर सद्भाव आचार्यले क्रमशः महिला र पुरुषतर्फ उदीयमान खेलाडीको अवार्ड पाए । दुवैले जनही ५० हजार रुपैयाँ पाएका छन् ।

नेपाली क्यालेन्डर वर्ष २०७८ सालमा उत्कृष्ट प्रदर्शन गरेबापत खेलाडीहरुलाई पुरस्कृत गरिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja