तीनकुने करिडोर क्षेत्रमा बागमती नदी किनारको सरकारी जग्गामा बसोबास गर्दै आएका सर्वसाधारण टायर बालेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज बिहान काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन समेत गरेका थिए ।
काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित सुकुम्बासी बस्तीका बासिन्दाले टायर बालेर महानगरको डोजर रोकेका छन् ।
महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन् ।


















प्रतिक्रिया दिनुहोस्