विराटनगरमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाइएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 11, 2023 11-Apr-2023, Tue
1 Min Read
Aa
biratnagar mahanagarpaalika

विराटनगर महानगरपालिकाले यहि शुक्रबार बैशाख १ गते देखि लागू हुने गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

नयाँ वर्षको दिनदेखि नगर क्षेत्रमा चुरोट, खैनी, गुटखालगायत सबै धुम्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्न नपाइने नगर सरकारले जनाएको छ ।त्यसैगरी सोही दिनदेखि सवारी चालकलाई पनि प्रेसर हर्न बजाउन रोक लगाइने मेयर नागेश कोइरालाले जानकारी दिए ।

कोशी प्रदेशको एक मात्र महानगरपालिकालाई व्यवस्थित र सभ्य बनाउन महानगरपालिकाले यस्तो निर्णय गरेको कोइराला बताउँछन् । गत वर्ष पनि काठमाडौंले यस्तै निर्णय गरेको थियो तर त्यो कागजमा मात्रै रहेको देखिन्छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja