नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् ।
एसीसी पुरुष प्रिमियर कपमा शुक्रबार ओमानविरुद्धको खेलमा आदिल शफिकको विकेट लिएपछि उनले यो उपलब्धि हासिल गरेका हुन् ।
लामिछानेले ४२ खेलमा १०० विकेट लिने कीर्तिमान पूरा गरेका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो जसले ४४ खेलमा १०० विकेट लिएका थिए ।


















प्रतिक्रिया दिनुहोस्