चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आँठ वर्षमा दुई सय २० गैंडा मरेका छन् । निकुञ्जले साझा गरे अनुसार मृत्यु हुने मध्ये ६४ गैडा बुढेसकाल र भिरबाट खसेर मृत्यु भएको हो भने बाढीबाट १९ गैडा मरेका छन् ।
थप जानकारी अनुसार, एक आपसमा झगडा परेर ५१ जनाको मृत्यु भएको छ । त्यसैगरी बाघको आक्रमणको कारण २०, सिकारीको कारण ९, विद्युतीय झट्का लागेर ८ र रोग लागेर १२ गैडाको मृत्यु भएको छ ।
खाल्डोमा पसेर ३ वटा, विषाक्त वस्तु सेवन गरेर ५ जबकी २९ वटा गैडा मर्नुको कारण भने खुल्न सकेको छैन ।
पछिल्लो आँठ वर्षमा १०० भाले र ७३ पोथी गैंडाको मृत्यु भएको जानकारीमा उल्लेख छ भने यस अवधिमा अपरिचित लिङ्ग भएका गैंडाको संख्या ४४ पुगेको छ ।
तुलनात्मक रुपमा हेर्ने हो भने आर्थिक वर्ष २०७२/७३ यता सबै भन्दा बढी ४३ वटा गैंडाको मृत्यु आर्थिक वर्ष २०७५/७६ मा भएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७२/७३मा आँठ वर्ष यताकै कम १४ गैंडा मरे । निकुञ्जले गैंडाका लागि चर्ने जग्गा व्यवस्थापन र पानी संरक्षणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


















प्रतिक्रिया दिनुहोस्